आईतवार, भाद्र २८,२०८३ 01:53:51
Bizshala
  • आईतवार, भाद्र २८,२०८३ 01:53:51
Bizshala
Global IME Bank Limited

अर्बाैंको क्षतिपछि सरकारी भवन बीमा गर्दै वागमती सरकार

अर्बाैंको क्षतिपछि सरकारी भवन बीमा गर्दै वागमती सरकार
New Office

काठमाण्डौ । सरकारी सम्पत्तिको सुरक्षाका लागि समयमै बीमा गर्नुपर्ने भए पनि वागमती प्रदेश सरकारले ठूलो क्षति व्यहोरेपछि मात्रै सरकारी कार्यालयका भवनको बीमा गर्ने तयारी थालेको छ ।  

गत वर्षको जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा व्यापक तोडफोड र आगजनी भएपछि प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि सबै सरकारी कार्यालयका भवनको बीमा गर्न बजेट विनियोजन गरेको हो ।

जोखिमको पूर्वानुमान गरी सरकारी सम्पत्तिको संरक्षणका लागि पहिले नै बीमा गर्नुपर्नेमा करोडौँ रुपैयाँको क्षति भइसकेपछि मात्रै सरकारको ध्यान बीमातर्फ गएको हो ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा हेटौँडासहित मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुरमा प्रदेश सरकारका कार्यालय तथा संरचनामा तोडफोड र आगजनी भएको थियो । उक्त घटनामा प्रदेश सरकारका २६ वटा कार्यालयका ६० वटा भवनमा क्षति पुगेको थियो ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

प्रदेश सरकारको तथ्याङ्कअनुसार भौतिक पूर्वाधारतर्फ मात्रै ५७ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको थियो । सवारीसाधन र जिन्सी सामग्रीसमेत जोड्दा कुल क्षति करिब १ अर्ब १० करोड रुपैयाँ पुगेको थियो ।

यति ठूलो क्षति भएपछि मात्रै प्रदेश सरकारले भविष्यमा हुन सक्ने जोखिमबाट आर्थिक भार कम गर्ने भन्दै सरकारी भवनको बीमा गर्ने योजना अघि सारेको हो ।

वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षदेखि प्रदेश सरकारअन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयका भवनको बीमा गर्ने योजना अघि बढाइएको छ ।

सरकारी सम्पत्तिको जोखिमबारे सरकारलाई क्षति हुनुअघि नै किन सोच आएन र आन्दोलन, आगजनी वा अन्य विपद्बाट सरकारी भवनमा क्षति पुग्न सक्ने सम्भावना हुँदाहुँदै बीमाको व्यवस्था गर्न क्षति नै पर्खिनुपर्ने अवस्था किन आयो भन्ने खालका प्रश्न उठ्न थालेको छ ।

गत वर्षको घटनाबाट क्षति भएका संरचनाको पुनर्निर्माण र मर्मतमा समेत सरकारमाथि ठूलो आर्थिक भार परेको छ । ध्वस्त संरचना हटाएर नयाँ निर्माण गर्न मात्रै करिब १ अर्ब ३० करोड रुपैयाँ खर्च हुने अनुमानसहितको प्रतिवेदन प्रदेश सरकारसमक्ष पेस भएको छ ।

सरकारले अब बीमा गर्ने निर्णय गरे पनि यसअघि नै क्षति भइसकेका संरचनाको पुनर्निर्माणमा लाग्ने ठूलो रकम भने राज्यकोषबाटै व्यहोर्नुपर्नेछ । त्यसैले सरकारी सम्पत्तिको जोखिम व्यवस्थापनमा सरकारको पूर्वतयारी कमजोर रहेको भन्दै आलोचना हुन थालेको छ ।

समयमै जोखिम मूल्याङ्कन, बीमा र सुरक्षा व्यवस्थापन गरेको भए ठूलो आर्थिक क्षतिबाट जोगिन सकिने सम्भावना थियो । तर घटना भएपछि मात्रै नीति बनाउने सरकारी प्रवृत्तिले राज्यकोषमाथि थप भार बढाएको देखिन्छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.