चार हाइड्रो र एक होटलको आईपीओ आवेदन, १.९० करोड कित्ता सेयर आउँदै
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा थप ५ कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति मागेका छन्। आवेदन दिनेमा एउटा होटल तथा पर्यटन क्षेत्रको कम्पनी र ४ वटा जलविद्युत कम्पनी छन्।यी कम्पनीले कुल १ अर्ब ९० करोड ११ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ११ हजार ४२६ कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएका हुन्।

