बुधबार, असार २४,२०८३ 11:53:25
Bizshala
  • बुधबार, असार २४,२०८३ 11:53:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेबोनको नेतृत्व संकटले थन्किए नयाँ आईपीओ, १०४ कम्पनी अनुमतिको पर्खाइमा

Laxmi Sunrise Bank Limited
सेबोनको नेतृत्व संकटले थन्किए नयाँ आईपीओ, १०४ कम्पनी अनुमतिको पर्खाइमा

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षबिहिन हुँदा दुई महिनादेखि यता नयाँ कम्पनीले आईपीओ निष्कासनको अनुमति पाउन सकेका छैनन् ।  

सेबोनले अन्तिम पटक गत वैशाख २ गते माउन्ट एभरेष्ट पावर, सर्वोत्तम पेन्ट्स र एभरेष्ट कलर लिमिटेडलाई आईपीओ बिक्री गर्न अनुमति दिएको थियो । त्यसयता कुनै पनि कम्पनीले अनुमति पाउन सकेका छैनन् ।  

गत वैशाख ४ गतेदेखि सबोन अध्यक्षबिहिन छ । तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि सेबोनको अध्यक्ष पद रित्तो भएको हो । त्यसपछि अर्थमन्त्रालयले नयाँ अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अघि बढाउदै वैशाखमै आवेदनसमेत खुलाएको थियो ।  

सेबोन अध्यक्ष छनौट सिफारिस समितिले अध्यक्ष पदका लागि गत जेठ ५ गते ३ जनाको नाम सर्टलिस्ट समेत गरेको छ, तर एक महिना बितिसक्दा पनि सरकारले बोर्डको अध्यक्ष नियुक्ति गर्न सकेको छैन ।  

New Office
CG Motors
Garima Development Bank

पूँजीबजारको नियामक निकाय सम्हाल्ने मुख्य अधिकारी चयन हुन नसक्दा प्राथमिक बजारसँगै धितोपत्र दोस्रो बजारको अवस्था अवनत हुन पुगेको छ ।  

बोर्डनै अध्यक्षबिहिन भएपछि यता आईपीओ निष्कासनको लागि अनुमति माग्ने कम्पनीको चाङ चुलिदै गएको छ । बोर्डका उच्च कर्मचारीहरुका अनुसार अध्यक्ष नै नभएपछि आईपीओ अनुमतिको काम रोकिन पुगेको हो । अहिले कर्मचारीहरुले पाइपलाइनमा रहेका कम्पनीको विवरण हेर्ने र सम्बन्धित कम्पनीलाई अपुग डकुमेन्ट पुनः पेश गर्न लगाउने जस्ता काम भइरहेको कर्मचारीहरु बताउँछन् ।  

अब सरकारले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति गरेपछि मात्रै थप नयाँ कम्पनीहरुले आईपीओ निष्कासनको अनुमति पाउनेछन् । बोर्ड अध्यक्ष चयन गर्न सरकारले नै ढिलाई गरिरहेको छ । ३ जनाको नाम सिफारिस गरेपछि मात्रै पनि तीनपटक मन्त्रिपरिषदको बैठक बसिसकेको छ । तर बोर्ड अध्यक्ष नियुक्तिको विषयमा कुनै पनि निर्णय हुन सकेको छैन ।  

यता सरकारले भने आवश्यक प्रक्रिया पुरा गरेर मात्रै बोर्ड अध्यक्ष नियुक्त गर्ने जनाएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले पदपूर्तिका लागि नाम सर्टलिस्ट गरेपनि आवश्यक प्रक्रिया पुरा गरेर मात्रै अध्यक्ष चयन गर्ने बताएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रु.६९.३० अर्ब बराबरको आईपीओ पाइपलाइनमा  

नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा विभिन्न समूहका १०४ कम्पनी आईपीओ निष्कासनको अनुमति कुर्दै छन् ।  

उक्त कम्पनीहरुले ६९ अर्ब ३० करोड ७७ लाख ४५ हजार रुपैयाँ बराबरको कु ल ४७ करोड २८ लाख ९४ हजार कित्ता सेयर निष्कासनको अनुमति मागेका हुन् ।  

जसमा होटल तथा पर्यटन समूहका १८ कम्पनीले ६ अर्ब ४५ करोड १३ लाख रुपैयाँ बराबरको ५ करोड ८२ लाख १३ हजार कित्ता, हाइड्रो समूहका ३४ कम्पनीले १७ अर्ब ५० करोड ३१ लाख रुपैयाँ बराबरको १७ करोड १४ लाख ८३ हजार कित्ता, लगानी समूहका ५ कम्पनीले ३ अर्ब ४१ करोड ६० लाख रुपैयाँ बराबरको २ करोड १४ लाख कित्ता र उत्पादन तथा प्रशोधन समूहका ३० कम्पनीले ३५ अर्ब ३५ करोड २२ लाख ८८ हजार रुपैयाँ बराबरको १६  करोड ६४ लाख २५ हजार कित्ता सेयर निष्कासनका गर्न अनुमति मागेका छन् ।  

त्यस्तै, माइक्रो इन्स्योरेन्स समूहका ३ कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता र अन्य समूहका १४ कम्पनीले ५ अर्ब ९० करोड ९९ लाख रुपैयाँ बराबरको ४ करोड ८६ लाख २१ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X