सोमबार, जेष्ठ ११,२०८३ 07:55:09
Bizshala
  • सोमबार, जेष्ठ ११,२०८३ 07:55:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आइपीओ निष्कासनको अनुमति माग्दै चार कम्पनीले बोर्डमा दिए आवेदन, कुनले कति ?

Laxmi Sunrise Bank Limited
आइपीओ निष्कासनको अनुमति माग्दै चार कम्पनीले बोर्डमा दिए आवेदन, कुनले कति ?
Shivam Cement

काठमाण्डौ । चार कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।  

होटल तथा पर्यटन समूहका दुई कम्पनी र उत्पादन तथा प्रशोधन समूहका दुई गरी चार कम्पनीले वैशाख १४ गते बोर्डसँग अनुमति माग्दै निवदेन पेश गरेका हुन् ।  

होटल तथा पर्यटन समूहअन्तर्गतको डोलेश्वर भिलेज रिर्सोट एण्ड फार्म र केटीएम हस्पिटालिटी लिमिटेडले आइपीओको अनुमति मागेका छन् ।  

जसमा डोलेश्वर भिलेजले अंकित मूल्य १०० रुपैयाँ दरको कुल १६ करोड २० लाख रुपैयाँ बराबरको कुल १६ लाख २० हजार कित्ता आइपीओ निष्कासनको अनुमति मागेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।  

Bizshala
New Office
CG Motors

त्यस्तै, केटीएम हस्पिटालिटी लिमिटेडले पनि अंकित मूल्य १०० रुपैयाँ दरकै कुल १५ करोड ५० लाख रुपैयाँ बराबरको १५ लाख ५० हजार कित्ता आइपीओ निष्कासनको अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  

यसका साथै उत्पादन तथा प्रशोधन समूहतर्फका भगवती स्टिल्स इन्डस्ट्रिज र एशियन कंक्रिटो लिमिटेडले आइपीओ निष्कासनको अनुमति मागेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

भगवती स्टिल्स इन्डस्ट्रिले अंकित मूल्य १०० रुपैयाँमा १३३ रुपैयाँ थप गरी प्रतिकित्ता २३३ रुपैयाँ दरमा ३४ करोड ९५ लाख रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ निष्कासनको अनुमति मागेको छ । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।  

यसका साथै एशियन कंक्रिटोले भने अंकित मूल्य १०० रुपैयाँ दरमै १० करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ६२ हजार ५०० कित्ता आइपीओ निष्कासनको अनुमति मागेको छ । कम्पनीको बिक्री प्रबन्धकमा पनि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नै रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.