नाइकी छाड्दै एमबाप्पे, फुटबल बुट बजारमा नयाँ ‘गेम चेन्जर’ बन्ने तयारी
काठमाण्डौ । विश्व फुटबलका सुपरस्टार किलियन एमबाप्पेले करिब दुई दशक लामो सम्बन्ध अन्त्य गर्दै नाइकी छाड्ने तयारी गरेको खबरले फुटबल बुट तथा खेलकुद बजारमा तरंग ल्याएको छ।फ्रान्सेली स्टार एमबाप्पेले आठ वर्षको उमेरदेखि नै अमेरिकी खेल सामग्री निर्माता नाइकसँग सहकार्य गर्दै आएका थिए। उनी नाइक फुटबलको पछिल्लो पुस्ताका प्रमुख ब्रान्ड एम्बेसडरसमेत बनेका थिए। तर, विभिन्न...

