सोमबार, भाद्र २९,२०८३ 10:16:26
Bizshala
  • सोमबार, भाद्र २९,२०८३ 10:16:26
Bizshala
Global IME Bank Limited

‘बालोन डी ओर’मा यामालको दाबी, भन्छन्, ‘एम्बाप्पेभन्दा म योग्य छु’

‘बालोन डी ओर’मा यामालको दाबी, भन्छन्, ‘एम्बाप्पेभन्दा म योग्य छु’
New Office

काठमाण्डौ । बार्सिलोनाका युवा स्टार लामिन यामालले सन् २०२६ को बालोन डी’ओर आफूले जित्नुपर्ने दाबी गरेका छन्। उनले आफू र फ्रान्सेली स्टार किलियन एम्बाप्पेलाई विश्वका दुई उत्कृष्ट खेलाडीको रूपमा प्रस्तुत गर्दै यस वर्षको व्यक्तिगत अवार्डका लागि आफू बढी योग्य रहेको बताएका हुन्।

यामालले स्पेनिस टेलिभिजन कार्यक्रम ‘युनिभर्सल भाल्दानो’ का लागि दिएको अन्तर्वार्तामा यस्तो धारणा व्यक्त गरेका हुन्। उक्त अन्तर्वार्ता आगामी शुक्रबार प्रसारण हुने बताइएको छ। स्पेनिस खेलकुद पत्रिका स्पोर्टले अन्तर्वार्ताका केही अंश सार्वजनिक गरेको हो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

यामालले भनेका छन्, ‘बालोन डी’ओर कसलाई दिन्छु ? इमानदारीपूर्वक भन्नुपर्दा, विश्वकै उत्कृष्ट खेलाडी दुई जना मात्र छन् जस्तो लाग्छ। तर यस वर्ष म यसको हकदार छु।’

उनले एम्बाप्पेसँग आफ्नो तुलना गर्दै थपे, ‘मेरो विचारमा किलियन एम्बाप्पे र म दुई उत्कृष्ट खेलाडी हौं। खेल हेर्ने जो–कोहीलाई पनि यो थाहा हुन्छ।’

बालोन डी’ओरको दौडमा एम्बाप्पेले पनि केही दिनअघि आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए। उनले सामूहिक उपलब्धि महत्वपूर्ण भए पनि बालोन डी’ओर व्यक्तिगत अवार्ड भएकाले व्यक्तिगत प्रदर्शनलाई प्राथमिकता दिनुपर्ने बताएका थिए।

आफ्नो प्रदर्शनबारे एम्बाप्पेले भनेका थिए, ‘मलाई लाग्छ, यस वर्ष मैले फरक खालको योगदान दिएँ। त्यसैले बालोन डी’ओर जित्न सक्ने मेरो विश्वास छ।’

यससँगै सन् २०२६ को बालोन डी’ओरको दौडमा यामाल र एम्बाप्पेबीचको प्रतिस्पर्धा थप रोचक बनेको छ। यामालको दाबेदारी उनको राष्ट्रिय टोली र बार्सिलोनासँगको सफलतामा आधारित छ भने एम्बाप्पेले गोल गर्ने क्षमतासहित आफ्नोाबेदारीका कारण यस वर्षको बालोन डी’ओर कसले जित्ला भन्ने व्यक्तिगत प्रदर्शनलाई बलियो आधारका रूपमा प्रस्तुत गरेका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.