जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय ११.२४% ले बढ्यो, नेशनल लाइफको सर्वाधिक वृद्धि
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिनामै जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा सुधार देखिएको छ । साउन महिनामा १४ जीवन बीमकहरुले २ अर्ब ५५ करोड ५६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यो व्यवसाय गत आवको तुलनामा ११.२४ प्रतिशतले बढी हो । गत आवको साउन महिनामा जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमार्फत २ अर्ब २९ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।