शुक्रबार, भाद्र ५,२०८३ 04:51:37
Bizshala
  • शुक्रबार, भाद्र ५,२०८३ 04:51:37
Bizshala
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय ११.२४% ले बढ्यो, नेशनल लाइफको सर्वाधिक वृद्धि

जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय ११.२४% ले बढ्यो, नेशनल लाइफको सर्वाधिक वृद्धि
New Office

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिनामै जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा सुधार देखिएको छ । साउन महिनामा १४ जीवन बीमकहरुले २ अर्ब ५५ करोड ५६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।  

यो व्यवसाय गत आवको तुलनामा ११.२४ प्रतिशतले बढी हो । गत आवको साउन महिनामा जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमार्फत २ अर्ब २९ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।  

Bizshala
CG Motors

साउन महिनामा ५ वटा बीमा कम्पनीको मात्रै प्रथम बीमाशुल्क आर्जन गत आवको तुलनामा घटेको देखिएको छ भने बाँकी सबै कम्पनीले नयाँ व्यवसाय बृद्धि गरेका छन् ।  

चालु आवको पहिलो महिनामा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ६४ करोड ६६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।  

त्यस्तै, दोस्रोमा नेशनल लाइफले ४१ करोड ३४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ भने तेस्रोमा हिमालयन लाइफ इन्स्योरेन्सले २७ करोड ५३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।  

यसका साथै एलआइसी नेपालले २० करोड २ लाख, सुर्यज्योति लाइफले १९ करोड ९१ लाख, एशियन लाइफले १० करोड ७२ लाख, मेट लाइफले १० करोड ७० लाख, रिलायबल नेपाल लाइफले ८ करोड ९६ लाख, आइएमई लाइफले ८ करोड ३२ लाख, सानिमा रिलायन्स लाइफले ७ करोड ९८ लाख, प्रभु महालक्ष्मी लाइफले ७ करोड ७६ लाख, सन नेपाल लाइफले ४ करोड ४९ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ६२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।  

कुनले कति बढाए नयाँ व्यवसाय ?  

गत आवको साउन महिनाको तुलनामा ५ वटा बीमा कम्पनीको नयाँ व्यवसाय घटेको छ भने ८ वटा कम्पनीको व्यवसाय बृद्धि भएको छ ।  

नयाँ व्यवसाय सर्वाधिक बढाउनेमा नेशनल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीले ६९.६९ प्रतिशतले नयाँ व्यवसाय बढाएको छ ।  

त्यस्तै, हिमालयन लाइफले ३३.६२ प्रतिशत, सिटिजन लाइफले ३०.९२ प्रतिशत, एलआइसी नेपालले १९।१० प्रतिशत, मेट लाइफले १७।०५ प्रतिशत, नेपाल लाइफले १४.८३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले १२.७७ प्रतिशत, एशियन लाइफले ३.६० प्रतिशत र सुर्यज्योति लाइफले १.५४ प्रतिशतले नयाँ व्यवसाय बढाएको छ ।  

साथै सर्वाधिक नयाँ व्यवसाय घट्नेमा भने सन नेपाल लाइफ रहेको छ । कम्पनीको प्रथम बीमा शुल्क आर्जन अघिल्लो आवको तुलनामा ५५.०२ प्रतिशतले घटेको छ ।  

त्यस्तै, आइएमई लाइफको ४०.८७ प्रतिशत, सानिमा रिलायन्स लाइफको २९.५६ प्रतिशत, रिलायबल नेपाल लाइफको १८.२९ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको १७.१४ प्रतिशतले नयाँ व्यवसाय घटेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.