वित्त खर्च घटेसँगै मोलुङ हाईड्रोपावरको नाफामा सामान्य वृद्धि
काठमाण्डौ । वित्त खर्च घटेसँगै मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४ करोड १ लाख रुपैयाा खु,द नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३.३३ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।