काठमाण्डौ । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ७७ लाख ४२ हजार घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी १ करोड १४ लाख रुपैयाँ घाटामै थियो ।
कम्पनीको विद्युत बिक्रीबाटको आम्दानी भने घटेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म विद्युत बिक्रीबाट ३ करोड १४ लाख कमाएको कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड ८३ लाख आर्जन गरेको छ । कर्मचारी खर्च ३० लाख २२ हजार रुपैयाँ रहेको कम्पनीको प्रशासनिक खर्च १६ लाख ३६ हजार रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ १८ करोड ४१ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ६१ लाख र कुल चालु दायित्व १ करोड रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.९६ रुपैयाँले ऋणात्मक ,प्रतिसेयर नेटवर्थ ७७.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४२४.९६ गुणा ऋणात्मक कायम भएको छ ।