काठमाण्डौ । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडकी सञ्चालक सूर्यमाया महर्जनको राजीनामा स्वीकृत भएको छ । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनले आफ्नो स्वास्थ्य स्थितिका कारण गत भदौ २ गते सञ्चालक पदबाट राजीनामा दिएकी थिइन् ।