बिहीबार, माघ १५,२०८२ 08:55:29
Bizshala
  • बिहीबार, माघ १५,२०८२ 08:55:29
Bizshala
Global IME Bank Limited
Bizshala

मोलुङ हाईड्रोपावरको सेयर बुलिस सेन्टिमेन्टमा, बन्यो ‘कप एण्ड ह्याण्डल प्याटर्न ’

मोलुङ हाईड्रोपावरको सेयर बुलिस सेन्टिमेन्टमा, बन्यो ‘कप एण्ड ह्याण्डल प्याटर्न ’
Shivam Cement

काठमाण्डौ । मोलुङ हाईड्रोपावर कम्पनी नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत कम्पनी मध्ये एक हो । विस २०६७ सालमा स्थापित यस कम्पनीले ओखलढुङ्गाको मोलुङ खोलामा ७ मेगावटको जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ । यो कम्पनी सानो पूँजी भएको कम्पनी हो ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी ८० करोड २५ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा १५ करोड ४२ लाख ५५ हजार रुपैयाँ रहेको छ । कम्पनीको कूल पूँजी ६४ करोड ८२ लाख ४४ हजार रुपैयाँ रहेको छ । पहिलो त्रैमासमा कम्पनीको खुद मुनाफा ३ करोड ३० लाख २२ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १६.४६ रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु ८०.७८ रुपैयाँ रहेको छ भने रिर्टन अन इक्विटी २०.३८ प्रतिशत रहेको छ ।  

Bizshala
Garima Development Bank
New Office

प्राविधिक पक्षः  

कप एण्ड एण्ड ह्याण्डल प्याटर्न  

प्राविधिक रुपमा यो कम्पनीको सेयरमा आजको कारोबारमा ‘कप एण्ड ह्याण्डल प्याट्रन’ बनेको छ । यो भनेको बुलिस प्रकृतिको क्याण्डल प्याटर्न हो । यसले सूचक तथा कम्पनीको सेयर भ्यालु सम्भावित रुपमा माथि लाग्ने संकेत गर्छ ।  

फियर एण्ड ग्रिड इन्डेक्स  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । फियर एण्ड ग्रिड इन्डेक्समा यदि यस्तो इन्डेक्स जिरोदेखि २० सम्म स्ट्रङ वियरिस, २० देखि ४० सम्म बियरिस , ४० देखि ६० सम्म न्यूट्रल तथा ६० देखि ८० सम्म बुलिस र ८० देखि १०० सम्म स्ट्रङ बुलिस मानिन्छ । हाल यो कम्पनीको सेयर भाउ ६० देखि माथि चलेको कारण बु्लिस सेन्टिमेन्टमा  चलेको देखिन्छ । यस कम्पनीमा सर्वसाधारणतर्फ ३३ प्रतिशत अर्थात २६ लाख ७४ हजार कित्ता मात्र रहेको छ । यो कम्पनीको सेयर ब्रोकर नम्बर ८६ , १७ र ३३ नम्बर उच्च होल्डिङ रहेको देखिन्छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्डमा चलेको देखिन्छ । अपर ब्याण्ड बुलिस प्रकृतिको क्याण्डल बनेको छ । यदि आगामी कारोबारमा कम्पनीको सेयर भाउ अपर ब्याण्डसँगै हिंडेको खण्डमा माथिको यात्रा तय गर्न सक्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक भएता पनि छोटा–छोटा हुँदै गएका छन् । आरएसआई ओभरबट जोन ७० मा चलेको देखिन्छ । मनी फ्लो इन्डेक्समा पनि ओभर बट जोन ८० मा चलको देखिन्छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा यस कम्पनीको सेयर भाउ बुलिस यात्रामा चलेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ५७७

प्रतिरोध २ – ५३८

प्रतिरोध १–  ४९५

पिभट प्वइन्टः ४५६

घटेमा सपोर्ट  

सपोर्ट १– ४१३

सपोर्ट २– ३७४

सपोर्ट  ३ –३२१

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी सानो पूँजी भएको जलविद्युत कम्पनी हो । कम्पनीको प्रतिसेयर आम्दानी १६.४६ रुपैयाँ रहेको छ भने रिर्टन इक्विटी २०.३८ प्रतिशत रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ६ प्रतिशत कम हो । कम्पनीको बुक भ्यालु भने एक सय भन्दा पनि तल ८०.७१ रुपैयाँ रहेको छ । यस हिसाबले यो कम्पनी आधारभूत रुपमा भने ठीकै देखिन्छ । प्राविधिक रुपमा फियर एण्ड ग्रिडमा भने भने यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.