मुक्तिनाथ क्लाइमेट केयरद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ सहयोग
काठमाण्डौ । मुक्तिनाथ क्लाइमेट केयर लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ सहयोग गरेको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली र देवीघाटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति कम्पनीले दुःख व्यक्त गरेको छ।उक्त बाढीबाट तटीय क्षेत्रमा बसोबास गर्ने तथा काम र भ्रमणका सिलसिलामा ती...

