५ फाइनान्स कम्पनी घाटामा, सर्वाधिक नाफा कमाउनेमा प्रोग्रेसिभ
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिनामा प्रोग्रेसिभ फाइनान्स सर्वाधिक नाफा कमाउने फाइनान्स कम्पनी बन्न सफल भएको छ । फाइनान्सले ८ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरी सर्वाधिक नाफा कमाउने कम्पनी बनेको हो । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीमध्ये १२ वटा कम्पनी साउनमा नाफामा देखिएका छन् भने बाँकी ५ वटाले घाटा ब्यहोरेका छन् ।