बुधबार, आश्विन २८,२०८३ 06:08:53
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 06:08:53
Bizshala
Global IME Bank Limited

आईसीएफसीले धानेको फाइनान्स सेक्टरः कुल नाफा ४८ प्रतिशत खस्कियो, ६ संस्था घाटामा

Bizshala
आईसीएफसीले धानेको फाइनान्स सेक्टरः कुल नाफा ४८ प्रतिशत खस्कियो, ६ संस्था घाटामा
New Office

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै फाइनान्स कम्पनीहरूको नाफामा ठूलो धक्का लागेको छ। नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म सञ्चालनमा रहेका फाइनान्स कम्पनीहरूले कुल ५ करोड ७४ लाख रुपैयाँ मात्रै नाफा कमाएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ११ करोड ११ लाख रुपैयाँ थियो।

यस आधारमा फाइनान्स कम्पनीहरूको समग्र नाफा एक वर्षमै ४८.३५ प्रतिशतले घटेको छ।

समग्र तथ्यांक अझ रोचक छ। फाइनान्स समूहको कुल नाफा ५ करोड ७४ लाख रुपैयाँमा सीमित हुँदा आईसीएफसी फाइनान्स एक्लैले ८ करोड ३९ लाख ६० हजार रुपैयाँ नाफा कमाएको छ। अर्थात् आईसीएफसीलाई बाहिर राखेर हेर्दा बाँकी फाइनान्स कम्पनीहरू समग्रमा करिब २ करोड ६६ लाख रुपैयाँ घाटामा देखिन्छन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यसले चालु वर्षको सुरुआतमै फाइनान्स कम्पनीहरूको वित्तीय अवस्था समान रूपमा बलियो नरहेको स्पष्ट संकेत गर्छ।

नाफामा सबैभन्दा ठूलो छलाङ पनि आईसीएफसी फाइनान्सकै देखिएको छ। कम्पनीको नाफा गत वर्षको ३ करोड ६९ लाख रुपैयाँबाट बढेर ८ करोड ३९ लाख रुपैयाँ पुगेको छ। यो १२७.२९ प्रतिशतको वृद्धि हो।

त्यसपछि श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नाफा ९५.५४ प्रतिशत बढेर १ करोड १४ लाख रुपैयाँ पुगेको छ। मल्टिपर्पस फाइनान्सको नाफा पनि २०.७६ प्रतिशत बढेर ७६ लाख रुपैयाँ पुगेको छ।

तर अधिकांश नाफामा रहेका फाइनान्स कम्पनीको प्रदर्शन कमजोर बनेको छ। गुडविल फाइनान्सको नाफा ७३.९७ प्रतिशत घटेर २ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष कम्पनीले ९ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो।

मञ्जुश्री फाइनान्सको नाफा ७२.३५ प्रतिशत घटेर ८९ लाख रुपैयाँमा झरेको छ भने सेन्ट्रल फाइनान्सको नाफा ५६.०८ प्रतिशत घटेर ६८ लाख रुपैयाँमा सीमित भएको छ।

त्यस्तै, बेस्ट फाइनान्सको नाफा ३०.३९ प्रतिशत घटेर ३३ लाख ९० हजार रुपैयाँ र प्रोग्रेसिभ फाइनान्सको नाफा ९०.९७ प्रतिशत घटेर केवल ८ लाख रुपैयाँ हाराहारीमा सीमित भएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

६ फाइनान्स घाटामा

भदौ मसान्तसम्म नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, जानकी फाइनान्स, पोखरा फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र रिलायन्स फाइनान्स घाटामा छन्।

सबैभन्दा बढी घाटा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको छ। कम्पनीले ३ करोड ४३ लाख रुपैयाँभन्दा बढी घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनी १ करोड ४ लाख रुपैयाँ नाफामा थियो।

गोर्खाज फाइनान्सको घाटा पनि तीव्र रूपमा बढेर २ करोड ७६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यसको घाटा केवल ३२ लाख रुपैयाँ थियो।

रिलायन्स फाइनान्स गत वर्ष १ करोड ९३ लाख रुपैयाँ नाफामा रहेकोमा यस वर्ष १ करोड ३७ लाख रुपैयाँ घाटामा पुगेको छ। जानकी फाइनान्स पनि गत वर्ष ८ लाख ८० हजार रुपैयाँ नाफामा रहेकोमा यस वर्ष ९५ लाख ७० हजार रुपैयाँ घाटामा झरेको छ।

यता पोखरा फाइनान्स भने अझै घाटामा भए पनि अवस्था उल्लेख्य सुधारिएको छ। गत वर्ष भदौसम्म ११ करोड ८४ लाख रुपैयाँ घाटामा रहेको कम्पनीको घाटा यस वर्ष घटेर करिब २५ लाख रुपैयाँमा सीमित भएको छ।

समग्रमा, आईसीएफसीको असाधारण नाफा वृद्धिले फाइनान्स समूहलाई नाफामै राखे पनि ६ संस्था घाटामा जानु, धेरै कम्पनीको नाफा आधाभन्दा बढी घट्नु र कुल नाफा झन्डै ५० प्रतिशतले खुम्चिनुले फाइनान्स कम्पनीहरूको सुरुआती वित्तीय तस्वीर कमजोर देखाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.