शनिबार, बैशाख ५,२०८३ 06:08:01
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 06:08:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फाइनान्सहरुको नाफामा सुधार, ५ कम्पनी अझै घाटामा, जानकीको प्रफिट ८९३.१६% ले वृद्धि

Bizshala
फाइनान्सहरुको नाफामा सुधार, ५ कम्पनी अझै घाटामा, जानकीको प्रफिट ८९३.१६% ले वृद्धि
Shivam Cement

काठमाण्डौ । फाइनान्स कम्पनीहरुको नाफामा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ४ महिनासम्ममा फाइनान्स कम्पनीहरुले समग्रमा २९ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।  

गत आर्थिक वर्षको सोही अवधिसम्म भने फाइनान्स कम्पनीहरु समग्रमा १५ करोड २१ लाख रुपैयाँ घाटामा थिए । आर्थिक मन्दीका कारण व्यवसाय ग्रोथ हुन नसकेपनि राष्ट्र बैंकले दिएको सहुलियतका कारण रिकभरीमा सुधार हुँदा अधिकांश फाइनान्स कम्पनीले नाफामा सुधार गरेका हुन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

गत आर्थिक वर्षको ४ महिनासम्ममा ८ वटा फाइनान्स कम्पनी घाटामा रहेकोमा चालु आवको सोही अवधिसम्ममा भने ५ वटा फाइनान्स मात्रै घाटामा छन् । गत आवको कात्तिम मसान्तसम्म घाटामा रहेका सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, गुडविल फाइनान्स र प्रोग्रेसिभ फाइनान्स चालु आवको यस अवधिसम्म नाफामा उक्लिएका छन् ।  

समिक्षा अवधिसम्म नाफामा रहेका १० वटा फाइनान्स मध्ये पनि गोर्खाज फाइनान्स बाहेक सबै कम्पनीले उल्लेख्य नाफा बढाउन सफल भएका छन् ।  

चालु आवको ४ महिनासम्ममा सर्वाधिक प्रोग्रेसिभ फाइनान्सले १५ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्म फाइनान्स १० करोड २० लाख रुपैयाँ घाटामा थियो ।  

त्यस्तै, मन्जुश्री फाइनान्सले १५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३४।६५ प्रतिशत बढी हो । गत आवको ४ महिनामा कम्पनीले ११ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

यसका साथै आइसीएफसी फाइनान्सले ८ करोड ४५ लाख, जानकी फाइनान्सले ७ करोड ५४ लाख, गुडविल फाइनान्सले ५ करोड ६३ लाख, सेन्ट्रल फाइनान्सले ५ करोड ८ लाख, गोर्खाज फाइनान्सले ३ करोड ६१ लाख, मल्टीपर्पस फाइनान्सले २ करोड ४२ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सले ८८ लाख रुपैयाँ र नेपाल फाइनान्सले ६८ लाख रुपैयाँ नाफा कमाएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

सो अवधिसम्म ५ वटा फाइनान्स कम्पनी भने घाटामा रहेका छन् । सबैभन्दा धेरै घाटा गुहेश्वरी मर्चेन्ट बैकिङ्गले व्यहोरेको छ । कम्पनीले १४ करोड ५७ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले ५ करोड ३१ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो ।  

त्यस्तै, रिलायन्स फाइनान्सले १० करोड ५५ लाख रुपैयाँ, पोखरा फाइनान्सले ६ करोड ४२ लाख रुपैयाँ, समृद्धि फाइनान्सले २ करोड ६३ लाख रुपैयाँ र वेष्ट फाइनान्सले २ करोड ३३ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

गत आवको तुलनामा सबैभन्दा धेरै नाफा ग्रोथ गर्नेमा जानकी फाइनान्स रहेको छ । कम्पनीले ८९३।१६ प्रतिशतले नाफा बढाएको छ । गत आवको सोही अवधिसम्म ७६ लाख रुपैयाँ नाफा कमाएको जानकीले चालु आवको यस अवधिसम्म ७ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ ।  

त्यस्तै, आइसीएफसीको ३३८.९२ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको १९५.३५ प्रतिशत, मल्टीपर्पस फाइनान्सको १७७.९८ प्रतिशत र मन्जुश्री फाइनान्सको ३४.६५ प्रतिशतले नाफा बढेको छ ।

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.