राधा पोखरेल बनिन् नेपाल बीमा प्राधिकरणको सञ्चालक
काठमाण्डौ । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल नेपाल बीमा प्राधिकरणको महिला संचालक बनेकी छिन् । सरकारले लगानीकर्ता पोखरेललाई प्राधिकरणको सञ्चालकको जिम्मेवारी दिएको हो । बीमा ऐन २०७९ बमोजिम एक जना महिला सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्थाका कारण प्राधिकरणको सञ्चालकमा पोखरेल चयन भएकी हुन् ।