काठमाण्डौ । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल नेपाल बीमा प्राधिकरणको महिला संचालक बनेकी छिन् । सरकारले लगानीकर्ता पोखरेललाई प्राधिकरणको सञ्चालकको जिम्मेवारी दिएको हो ।
बीमा ऐन २०७९ बमोजिम एक जना महिला सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्थाका कारण प्राधिकरणको सञ्चालकमा पोखरेल चयन भएकी हुन् ।
उनी विशाल बजार कम्पनी लिमिटेडमा पनि महिला सञ्चालकको रुपमा छिन् । चैत १ गतेदेखि लागू हुनेगरी पोखरेललाई आगामी चार वर्षको लागि प्राधिकरणको सञ्चालकको रुपमा नियुक्त गरिएको हो ।