मंगलवार, बैशाख ८,२०८३ 06:53:58
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 06:53:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले दिइन् राजीनामा

Bizshala
बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले दिइन् राजीनामा
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले राजीनामा दिएकी छन् । पोखरेलले गत साउन ५ गते प्राधिकरणको सञ्चालक पदबाट राजीनामा दिएकी हुन् ।  

उनले आफ्नो व्यक्तिगत कारण देखाउदै राजीनामा दिएकी हुन् । बिजशालासँगको कुराकानीमा उनले विभिन्न सञ्चार माध्यममा प्रसार भए जस्तो कुनैपनि दबाबमा आएर राजीनामा नदिएको स्पष्ट पारेकी छन् ।  

 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

‘विभिन्न सञ्चार माध्यममा मेरो सञ्चालक पदमा नियुक्ती र राजीनामाको विषयमा जसरी अतिरञ्जित र पूर्वाग्रही ढङ्गले खबर प्रकाशित भएका छन्, त्यसमा कुनैपनि सत्यता छैन, पोखरेलले भनिन्, ‘मैले आफ्नो नितान्त व्यक्तिगत कारणले राजीनामा दिएकी हु । यसमा अन्य कुनै विशेष कारण छैन ।’

यस्तै पोखरेलले अब आफू एक वर्षसम्म कुनैपनि संस्था वा कम्पनीमा आवद्ध नहुने समेत बताइन् ।  

पोखरेलले छोटो अवधिमा भएपनि बीमा प्राधिकरणको सञ्चालकको रुपमा कार्य गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरिन् ।  

पोखरेल २०८१ चैत १ गतेदेखि लागू हुनेगरी चार वर्षको लागि प्राधिकरणको सञ्चालकको रुपमा नियुक्त भएकी थिइन् । बीमा ऐन २०७९ बमोजिम एक जना महिला सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्था भएबमोजिम प्राधिकरणको सञ्चालकमा पोखरेल चयन भएकी थिइन् ।  

उनी नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष समेत हुन् ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.