स्वास्थ्य बीमा बोर्ड संकटमा : निजी अस्पतालमा बीमा सेवा बन्द
काठमाण्डौं । स्वास्थ्य बीमा बोर्डले वित्तीय संकट चुलिँदै गएपछि निजी अस्पतालहरूमा उपलब्ध हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गर्ने निर्णय गरेको छ । बोर्डले आकस्मिक उपचारबाहेकका बीमा सेवा जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म स्थगित हुने जनाएको हो ।

