सोमबार, श्रावण १८,२०८३ 04:52:52
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:52:52
Bizshala
Global IME Bank Limited

स्वास्थ्य बीमा बोर्ड संकटमा : निजी अस्पतालमा बीमा सेवा बन्द

स्वास्थ्य बीमा बोर्ड संकटमा : निजी अस्पतालमा बीमा सेवा बन्द
New Office

काठमाण्डौं । स्वास्थ्य बीमा बोर्डले वित्तीय संकट चुलिँदै गएपछि निजी अस्पतालहरूमा उपलब्ध हुँदै आएको स्वास्थ्य बीमा सेवा कटौती गर्ने निर्णय गरेको छ ।  

बोर्डले आकस्मिक उपचारबाहेकका बीमा सेवा जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म स्थगित हुने जनाएको हो ।

बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले जारी गरेको सूचनाअनुसार जेठ ११ गते बसेको बोर्ड बैठकले निजी स्वास्थ्य संस्थामा गैर–आकस्मिक बीमा सेवा रोक्ने निर्णय गरेको थियो ।

यस निर्णयसँगै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी अस्पतालहरूबाट नियमित उपचार, परीक्षण तथा अन्य सामान्य बीमा सेवा तत्कालका लागि प्रभावित हुने भएका छन् ।  

आकस्मिक सेवा भने निरन्तर सञ्चालन हुने बोर्डले स्पष्ट पारेको छ ।

पछिल्लो समय निजी अस्पतालहरूले सरकारले लामो समयदेखि बीमा दाबी रकम भुक्तानी नगरेको गुनासो गर्दै आएका थिए । 

वित्तीय दायित्व बढ्दै जाँदा बोर्डमाथि आर्थिक दबाब चर्किएको र त्यसकै प्रभावस्वरूप सेवा स्थगनको निर्णय लिनुपरेको बताइएको छ ।

यसले विशेषगरी दीर्घरोगी, नियमित फलोअपमा रहेका बिरामी र निजी अस्पतालबाट उपचार गराइरहेका बिमितहरूलाई प्रत्यक्ष असर पर्ने देखिएको छ ।  

स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय अवस्था, व्यवस्थापन क्षमता र दीर्घकालीन दिगोपनमाथि फेरि प्रश्न उठ्न थालेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.