सर्वोच्चद्वारा शरद ओझालाई बर्खास्ती गर्ने सरकारको निर्णयलाई वैधता प्रदान
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने सरकारको निर्णयलाई वैध ठहर गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले बीमा ऐन २०७९ को दफा १२(२) अनुसार छानबिन समिति गठन गरिएको समितिले निवेदकलाई आफ्नो भनाइ राख्ने मौका दिएको र प्राप्त कार्यादेशअनुसार प्रतिवेदन बुझाएको तथ्यलाई निर्णायक आधार मानेको छ।

