काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरूमा हुने क्रसहोल्डिङको विषयमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन्।
प्राधिकरणले पहिलोपटक प्रकाशित गरेको आव २०८२/८३ को वार्षिक बीमा नीति कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले क्रस होल्डिङको विषयमा अध्ययन गर्ने प्रणाली बनाउन जरुरी रहेको बताएका हुन्।
‘बीमा क्षेत्रमा एउटै व्यक्ति वा समूहको मल्टिपल कम्पनीमा लगानी रहेको देखिन्छ, तर त्यस्ता कानुनी व्यक्ति शेरधनी हुन् वा होइनन् भनी पहिचान गर्न कठिन छु उनले भने, ‘विशेषगरी बीमा क्षेत्रका शेयरधनीहरूमा अंशबण्डा गर्ने प्रवृत्तिले यो समस्या उत्पन्न भएको हो। तर ठ्याक्कै पहिचान गर्न भने जटिलता छ। यसकारण बीमा कम्पनीहरूमा क्रसहोल्डिङको समस्या छ।’
आर्थिक वर्ष ८२/८३ को वार्षिक बीमा नीति कार्यक्रममा क्रसहोल्डिङ सम्बन्धी पहिचान गर्ने प्रणाली बन्न जरुरी रहेको अध्यक्ष ओझाले बताए। ‘बीमा क्षेत्रलाई प्रेडिक्टबल बनाउनुपर्छ भन्ने मान्यताका साथ हामीले पहिलो पटक बीमा नीति कार्यक्रम ल्याएका छौं र ९० प्रतिशत नीती कार्यान्वयन गर्न सकिने गरी महत्त्वाकांक्षी नीति ल्याएका हौँु उनले भने, ‘बीमा क्षेत्रमा क्रसहोल्डिङको विषयमा ठ्याक्कै पहिचान गर्न जटिलता छ तर यो सम्बन्धी अध्ययन गर्न प्रणाली बनाउन भने जरुरी छ। यसका लागि हामी अध्ययन गर्नेछौं।’

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                