जीवन बीमा कम्पनीहरुहबाट रु.१.०४ खर्बको बीमालेख धितोकर्जा प्रवाह, साढे ७ अर्ब रुपैयाँ ब्याज आम्दानी
काठमाण्डौं । जीवन बीमा कम्पनीहरुले एक खर्ब भन्दा बढी बीमालेख धितोकर्जा प्रवाह गरेका छन् । चालु आवको तेस्रो त्रैमाससम्म १४ जीवन बीमा कम्पनीले १ खर्ब ४ अर्ब ४० करोड रुपैयाँ बराबरको बीमालेख धितो कर्जा प्रवाह गरेका छन् । यो कर्जा प्रवाह गत आवको सोही अवधिसम्मको तुलनामा ६.४० प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म जीवन बीमकहरुले ९८ अर्ब १३ करोड रुपैयाँ बराबरको बीमालेख धितो...