भारतमा एसआईपी लगानीकर्ताका लागि खतराको घण्टी, ६१.३३ लाख एसआईपी बन्द
काठमाण्डौ । भारतमा सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान(एसआईपी)बन्द हुने दरमा भारी वृद्धि देखिएको छ । एशोसिएसन अफ म्युचुअल फण्ड इन इण्डिया(एएमएफआई)को ताजा आँकडाअनुसार जनवरी २०२५ मा एसआईपी बन्द हुनेदर १०९ प्रतिशत पुगेको छ । गत वर्ष भने यो दर ५२.३ प्रतिशत रहेको थियो । जनवरी २०२५ मा ५६.१९ लाख नयाँ एसआईपी सुरु भएको थियो । तर आँकडाअनुसार यो अवधिमा ६१.३३ लाख एसआईपी बन्द भएको छ । यसको...