बिहीबार, असार १८,२०८३ 06:58:59
Bizshala
  • बिहीबार, असार १८,२०८३ 06:58:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एसआईपी फण्डको वित्तीय विश्लेषण : प्रतिफल दिने क्षमतामा कुन कति बलियो ?

Laxmi Sunrise Bank Limited
एसआईपी फण्डको वित्तीय विश्लेषण : प्रतिफल दिने क्षमतामा कुन कति बलियो ?

काठमाण्डौ । हाल ११ वटा मर्चेण्ट बैंकहरुले सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) सञ्चालन गरिरहेका छन् । विशेषगरी खुलामुखी योजना सञ्चालन गरिरहेका मर्चेण्ट बैंक अर्थात् क्यापिटल कम्पनीहरुले एसआईपीको सुविधा ल्याएका हुन्छन् ।  

खुलामुखी फण्ड यस्तो प्रकारको फण्ड हो, जसमा लगानीकर्ताले कुनै पनि कारोबार हुने दिनमा फण्डको नेट एसेस्ट भ्यालु (न्याभ)को आधारमा लगानी गर्न वा आफ्नो लगानी फिर्ता लिन सक्छन् । यसमा निश्चित परिपक्व अवधि वा लकइन अवधि राखिएको हुँदैन ।  

पछिल्लो समय एसआईपीमा लगानीकर्ताको लोकप्रियता बढ्दै गएको छ । घट्दो सेयरबजारमा लगानीको रिटर्न फिक्स नहुँदा लगानीकर्ताहरु एसआईपीमा जोडिदै गएका छन् ।  

१०–१५ वर्ष वा सोभन्दा लामो अवधिको लक्ष्य भएका लगानीकर्ताका लागि यो योजना बढी उपयुक्त मानिन्छ, तर प्रतिफल भने निश्चित हुँदैन ।  

मर्चेण्ट बैंकहरुले लगानीकर्ताबाट संकलन गरिएको रकमलाई व्यवसायिक रुपमा व्यवस्थापन गरी विभिन्न वित्तीय साधनहरु सेयर, ऋणपत्र, मुद्रा बजारका साधनहरु तथा अन्य सम्पत्तिहरुमा विविधिकरणसहित लगानी गरेका हुन्छन् । लगानीबाट आर्जित मुनाफाकै आधारमा योजना व्यवस्थापकले लगानीकर्तालाई वर्षेनी रिटर्न दिने गर्दछ ।  

तुलनात्मक रुपमा एसआईपीमा गरेको लगानी उपयुक्त मानिन्छ । यसमा गरिएको लगानीबाट केही प्रतिशत भएपनि प्रतिफल पाइने हुँदा लगानी जोखिममुक्त र लाभदायी हुने विश्लेषकहरु बताउँछन् ।  

नेपालजस्तो विकासोन्मुख बजारमा रिटेल लगानीकर्ताको सहभागिता क्रमशः बढिरहेको अवस्थामा एसआईपी एक प्रभावकारी र लोकप्रिय लगानीको विकल्प मानिएको छ ।  

एसआईपी गर्दा चक्रवृद्धि प्रतिफल हुने भएतापनि समग्र योजना व्यवस्थापकको लगानीको अवस्था, खुद सम्पत्ति विवरण, वित्तीय प्रदर्शन र लगानीकर्तालाई दिइने रिटर्न हिस्ट्री हेर्न आवश्यक हुन्छ ।  

साथै आफुले लगानी गर्न लागेको फण्डको उद्देश्य, दीर्घकालीन प्रदर्शन, बेंचमार्कसँग तुलना, जोखिम, फण्ड म्यानेजरको अनुभव, फोर्टफोलियोको गुणस्तर र आफुल गर्ने लगानी अवधि र लक्ष्यमा ध्यान दिनुपर्छ ।  

New Office
CG Motors
Garima Development Bank

१४ खुलामुखी योजनाको वित्तीय अवस्था  

हाल ११ मर्चेण्ट बैंकले १४ वटा खुलामुखी योजना संचालन गरिरहेका छन् । एसआईपीमा जोडिनुअघि लगानीकर्ताले फण्डको आकारसँगै समग्र वित्तीय अवस्था हेर्नुपर्दछ ।  

यस्ता योजना व्यवस्थापकहरुले सेयर, ऋणपत्र वा अन्य सम्पत्तिमा लगानी गरी प्राप्त आम्दानीकै आधारमा लगानीकर्तालाई प्रतिफल बाँड्ने हुँदा योजना व्यवस्थापकको लाभांश इतिहास पनि हेर्न आवश्यक हुन्छ ।  

चालु आवको ११ महिना अर्थात जेठ मसान्तसम्मको वित्तीय विवरणअनुसार ९ वटा खुलामुखी योजना नाफामा छन् भने ५ फण्ड घाटामा देखिएका छन् । जसमा सबैभन्दा बढी सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले १० करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ ।  

सो अवधिसम्म एनआईबीएल सहभागिता फण्डले सबैभन्दा धेरै २६ करोड १० लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

यसरी हेर्दा घाटा ब्यहोरेको फण्डले एसआईपीमा जोडिएका लगानीकर्तालाई प्रतिफल दिनै नसक्ने भन्ने हुँदैन । मुख्यतः यस्ता खालका फण्डले एसआईपीमा जोडिएका लगानीकर्तालाई आफुले खरिद गरेको सेयर ऋणपत्र वा अन्य सम्पत्तिको भ्यालु बढ्न गएमा पछि लगानीकर्ताले इकाई बिक्री गर्दा खरिद मूल्यभन्दा उच्च न्याभ भएमा पूँजीगत लाभ हुन जान्छ ।  

साथै लगानीकर्ताले लाभांश पाउँदा न्याभ सामान्यतया सोही अनुपातमा समायोजन गरिन्छ । त्यसकारण लाभांशलाई अतिरिक्त ‘नयाँ पैसा’ भनेर मात्रै बुझ्नु हुँदैन । कुल प्रतिफल मूल्यांकन गर्दा न्याभमा भएको परिवर्तन र प्राप्त भएको लाभांश दुवै हेर्नुपर्छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लाभांश इतिहास  

एसआईपीको मुख्य उद्देश्य लाभांश प्राप्त गर्नु भन्दा दीर्घकालीन रुपमा सम्पत्ति सिर्जना गर्नु हो । तर लगानीकर्ताले पछिल्लो समय एसआईपीमा लगानी गर्दा आफ्नो सम्पत्ति सुरक्षणसँगै वर्षेनी लाभांश (रिटर्न) पनि खोजिरहेका हुन्छन् ।  

लगानीकर्ताले प्राप्त लाभांशलाई पुनः म्युचुअल फण्डमा लगाी गर्दा चक्रवृद्धिको प्रभाव बढ्न सक्छ । बजार घटबढ भइरहेपनि लाभांश वितरण भएमा लगानीकर्ताले प्रतिफल प्राप्त गरेको अनुभव गर्न सक्छन् ।  

तर लाभांश निःशुल्क आम्दानी भने होइन । लाभांश वितरण भइसकेपछि सो बराबर रकम फण्डको नेट एसेस्ट भ्यालुबाट घट्ने गर्दछ । यदि लगानीकर्ताको दीर्घकालिन सम्पत्ति वृद्धि नै मुख्य लक्ष्य हो भने लाभांश लिनुभन्दा पुनः लगानी वा ग्रोथ अप्सन रोज्नु बढी लाभदायक हुन सक्छ ।  

हाल १४ वटा खुलामुखी योजना सञ्चालनमा रहेपनि आधा खुलाखुखी योजनाहरु नयाँ रहेका छन् । उक्त फण्डहरु सञ्चालनमा आएको एक वर्ष पनि पुरा भएका छैनन् । तर यो आर्थिक वर्ष सकिएपछि सम्भतः अधिकांश फण्डले लगानीकर्तालाई प्रतिफल दिन सक्ने सम्भावना रहन्छ ।  

आधा फण्डहरु भने सञ्चालनमा आएको वर्षौ भइसकेको छ । तर सोमध्ये सबैभन्दा धेरै लाभांश दिनेमा एनआईबीएल सहभागिता फण्ड छ । यो फण्डले आफ्नो इतिहासमा लगानीकर्तालाई ५० प्रतिशतसम्म लाभांश वितरण गरेको छ ।  

यता ८ वर्ष पुरानो सानिमा फ्लेक्सी क्याप फण्डले भने हालसम्म लगानीकर्तालाई लाभांश बाँडेको छैन । तर समग्रमा हेर्दा यो फण्डको वित्तीय अवस्था हेर्दा भने सन्तोषजनक नै मानिन्छ । फण्डको न्याभ जेठ मसान्तसम्ममा १०.४० रुपैयाँ छ ।  

 

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.