मंगलवार, आश्विन १३,२०८३ 06:32:23
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:32:23
Bizshala
Global IME Bank Limited

भारतमा एसआईपी लगानीकर्ताका लागि खतराको घण्टी, ६१.३३ लाख एसआईपी बन्द

Bizshala
भारतमा एसआईपी लगानीकर्ताका लागि खतराको घण्टी, ६१.३३ लाख एसआईपी बन्द
New Office

काठमाण्डौ । भारतमा सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान(एसआईपी)बन्द हुने दरमा भारी वृद्धि देखिएको छ । एशोसिएसन अफ म्युचुअल फण्ड इन इण्डिया(एएमएफआई)को ताजा आँकडाअनुसार जनवरी २०२५ मा एसआईपी बन्द हुनेदर १०९ प्रतिशत पुगेको छ । गत वर्ष भने यो दर ५२.३ प्रतिशत रहेको थियो ।  

जनवरी २०२५ मा ५६.१९ लाख नयाँ एसआईपी सुरु भएको थियो । तर आँकडाअनुसार यो अवधिमा ६१.३३ लाख एसआईपी बन्द भएको छ । यसको अर्थ नयाँ एसआईपीको तुलनामा अधिक मात्रामा एसआईपीहरु बन्द भएका छन् । जुन चिन्ताजनक विषय भएको भारीतय मिडियाले लेखेका छन् । यसअघिका महिनाहरुमा भने नयाँ एसआईपीको संख्या बन्द हुने संख्याको तुलनामा अधिक हुने गर्दथ्यो । तर जनवरीमा यो ट्रेण्ड पुरै परिवर्तन भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गत वर्षको डिसेम्बर महिनामा ५४.२७ लाख नयाँ एसआईपी बजारमा आएका थिए भने ४४.९० लाख बन्द भएका थिए । त्यस्तै नोभेम्बर महिनामा ४९.४७ लाख नयाँ एसआईपी आउदा ३९.१४ लाख बन्द भएका थिए ।  

विश्लेषकहरुले भारतमा एसआईपी बन्द हुनुको मुख्य कारण सेयर बजारमा गिरावट आउनु बताएका छन् । लगानीकर्ता सेयर बजारमा निरन्तरको गिरावटका कारण लगानी घट्दा आत्तिएको विश्लेषकले बताएका छन् । लगानीकर्ता आत्तिदा इ्रक्विटी क्लासबाट पछि हट्न थालेका छन् । उतार सुन र डेट फण्ड जस्ता अन्य एसेस्ट क्लास स्थिर र राम्रो रिर्टन दिईरहेका छन् ।  

तथापी विज्ञहरुले एसआईपी बन्द गर्नुलाई उचित कदम नभएको बताएका छन् । कोरोना महामारीपश्चात बजार प्रवेश गरेका लागनीकर्ताले भारतीय बजारमा अहिलेको भारी गिरावट नदेखेको र यही कारण उनीहरु एसआईपी बन्द गर्न लागि परेको बताइएको छ । विज्ञहरुले दीर्घकालिन लक्ष्यका लागि इक्विटी फण्डमा लगानी गरिरहेको भए अहिलेको सेयर बजारको गिरावटको क्रममा एसआईपी जारी राख्नु नै बृद्धिमतापूर्ण हुने समेत बताएका छन् । बजार फेरी बढ्दा लगानीकर्ताको पोर्टफोलियो समेत बढ्ने उनीहरुको तर्क छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.