लाभांश पारित गर्न स्नो रिभर्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ। स्नो रिभर्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज २१ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान साढे ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।...

