मंगलवार, आश्विन १३,२०८३ 11:46:38
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 11:46:38
Bizshala
Global IME Bank Limited

विद्युत बिक्री आम्दानी बढेसँगै स्नो रिभर्सको खुद नाफा २४१ प्रतिशतले वृद्धि, ईपीएस १४.२१ रुपैयाँ पुग्यो

Bizshala
विद्युत बिक्री आम्दानी बढेसँगै स्नो रिभर्सको खुद नाफा २४१ प्रतिशतले वृद्धि, ईपीएस १४.२१ रुपैयाँ पुग्यो
New Office

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको स्नो रिभर्स लिमिटेडको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । प्रकाशित वित्तीय विवरणअनुसार कम्पनी वित्तीय अवस्था राम्रो देखिएको छ ।

कम्पनीले नाफा आर्जन, आम्दानी र ईपीएस वृद्धिमा सफलता हासिल गरेको छ भने खर्च बढ्नु कम्पनीका लागि चुनौतीका रुपमा देखिएको छ । कम्पनीले समीक्षा अवधिमा ११ करोड १८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २४१.५० प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीको खुद नाफा ३ करोड २७ लाखमा सीमित थियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विद्युत बिक्री आम्दानी बढ्दा कम्पनीको खुद नाफामा सुधार आएको हो । कम्पनीको विद्युत बिक्री आम्दानी १०१.९५ प्रतिशतले बढ्दै ३७ करोड ७५ लाख पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाको विद्युत बिक्री आम्दानी १८ करोड ६९ लाख रहेको थियो ।

यो अवधिमा कम्पनीको प्रशासनिक खर्च ३८ लाखबाट बढेर ६७ लाख २९ हजार र वित्तीय खर्च ८ करोड ४० लाखबाट बढेर १३ करोड २६ लाख पुगेको छ ।

९३  करोड ७५ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिजर्भ कोषमा ११ करोड ३३ लाख सञ्चित रहेको छ ।

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ४.३७ प्रतिशतबाट बढेर १४.२१ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.०९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य  ३२१.६५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५४.८३ गुणा र तरलता अनुपात २.२५ प्रतिशत कायम भएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.