काठमाण्डौ । स्नो रिभर्स लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा झण्डै दोब्बर भएको छ।
कम्पनीले असोज मसान्तसम्म ५ करोड २५ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यही अवधिमा कम्पनीको खुद नाफा २ करोड ६८ लाख ४१ हजार रुपैयाँ थियो। यस आधारमा नाफा करिब ९५.७५ प्रतिशतले बढेको हो।
विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै कम्पनीको नाफामा उल्लेख्य सुधार आएको देखिन्छ। पहिलो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट १२ करोड ५६ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको यही अवधिमा यस्तो आम्दानी ९ करोड ६९ लाख ५३ हजार रुपैयाँ थियो।
कम्पनीको सञ्चालन नाफा पनि बढेर ८ करोड ८६ लाख १९ हजार रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा सञ्चालन नाफा ६ करोड ४३ लाख ८५ हजार रुपैयाँ थियो।
यस अवधिमा कम्पनीको वित्तीय खर्च ३ करोड ३९ लाख १४ हजार रुपैयाँ रहेको छ। गत वर्ष यस्तो खर्च ३ करोड ६४ लाख ३७ हजार रुपैयाँ थियो।
कम्पनीको चुक्तापुँजी १ अर्ब ३ करोड १२ लाख ५० हजार रुपैयाँ रहेको छ। रिजर्भ तथा सरप्लस ६ करोड १ लाख रुपैयाँभन्दा बढी छ।
नाफामा आएको सुधारसँगै कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३८ पैसा पुगेको छ। गत वर्षको यही अवधिमा यस्तो आम्दानी १३ रुपैयाँ १ पैसा थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।