काठमाण्डौ । स्नो रिभर्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको उक्त प्रस्तावलाई नियामक निकाय विद्युत नियमन आयोगले पूर्व–स्वीकृति प्रदान गरेको छ।
कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र लाभांश कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो।
उक्त निर्णय बमोजिम बोनस सेयरको पूर्व–स्वीकृतिका लागि कम्पनीले भदौ १५ गते विद्युत नियमन आयोगमा निवेदन पेश गरेकोमा आयोगले भदौ २६ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ।
विद्युत नियमन आयोगबाट पूर्व–स्वीकृति प्राप्त भइसकेकाले अब कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि र सम्बन्धित निकायको आवश्यक प्रक्रिया पूरा भएपछि सेयरधनीहरूमा उक्त लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।