जुलाईमा यो वर्षकै कम पर्यटक नेपाल भित्रिए
काठमाण्डौ । नेपालमा जुलाई महिनामा ६४ हजार ५९९ पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जुलाईमा यो वर्षकै सबैभन्दा कम पर्यटक नेपाल आएका हुन् ।यस्तै यो संख्या कोरोना भाइरस महामारी आउनु अघिको वर्ष अर्थात् २०१९ को तुलनामा समेत कम हो । सन् २०१९ को जुलाई महिनामा ७० हजार ९१६ पर्यटक नेपाल आएका थिए ।