• बिहीबार, भाद्र २६,२०८२ 04:07:16
Global IME Bank Limited

नेपाल आउने पर्यटकको संख्या घट्यो, जुन महिनामा यो वर्षकै कम भित्रिए

Hyundai Nepal
नेपाल आउने पर्यटकको संख्या घट्यो, जुन महिनामा यो वर्षकै कम भित्रिए

काठमाण्डौ । नेपाल आउने पर्यटकको संख्यामा कमी आएको छ । जुन महिनामा नेपालमा ७६ हजार ७३६ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत मे महिनाको तुलनामा १३ हजार ४७५ ले कम हो । नेपालमा वर्षाको मौसम सुरु भएसँगै पर्यटक आवागमनमा कमी आएको हो । गत मे महिनामा नेपालमा ९० हजार २११ पर्यटक आएका थिए ।  

जुन महिनामा नेपाल भित्रिएका पर्यटकको संख्या यो वर्षकै सबैभन्दा कम हो । गत मार्च महिनामा यो वर्षकै सबैभन्दा धेरै पर्यटक नेपाल आएका थिए । मार्चमा १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएको तथ्यांक छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जुन महिनामा भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । यो महिना ३७ हजार ८३५ पर्यटक नेपाल भित्रिएका छन् । मे महिनामा भारतबाट ३८ हजार २८८ पर्यटक नेपाल आएका थिए ।  

यस्तै चीनबाट ७ हजार ४९४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । मे महिनामा ८ हजार ३८१ चिनियाँ पर्यटक नेपाल आएका थिए । जुन महिनामा अमेरिकाबाट ८ हजार २८१ पर्यटक नेपाल आएका छन् । मे महिनामा भने अमेरिकाबाट ८ हजार ५ सय २७ नेपाल आएका थिए ।  

त्यस्तै, बेलायतबाट १ हजार ९६९, बंगलादेशबाट ३ हजार ८ सय ५७ पर्यटक नेपाल आएका छन् । यो वर्षको जनवरी महिनामा ७९ हजार १ सय,फेब्रुअरीमा ९७ हजार ४२६,मार्च महिनामा १ लाख २८ हजार १६७ र अप्रिल महिनामा १ लाख ११ हजार ३७६ जना पर्यटक नेपाल आएका थिए ।     

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.