मंगलवार, आश्विन २७,२०८३ 01:11:46
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 01:11:46
Bizshala
Global IME Bank Limited

काँकरभिट्टा नाका हुँदै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्यामा वृद्धि

Bizshala
काँकरभिट्टा नाका हुँदै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्यामा वृद्धि
New Office

काठमाण्डौं, नेपालको पूर्वी नाका काँकरभिट्टा हुँदै पैदलमार्गबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको छ।

अधिकारित तथ्याङ्क अनुसार, प्रतिदिन औसत २८ जना विदेशी नागरिक यस नाका हुँदै नेपाल प्रवेश गर्दैछन्।

चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्मको नौ महिनामा ८१ देशका ७,६४२ विदेशी पर्यटक काँकरभिट्टाबाट नेपाल आएका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यस नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूको ठूलो हिस्सा भुटानी नागरिकको रहेको छ।  

कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार, कुल विदेशी पर्यटकमध्ये ५४.३५ प्रतिशत (४,१५४ जना) भुटानी रहेका छन्।

भुटानपछि, अमेरिकी पर्यटकको संख्या १,६१२ (२१.०९) , थाइल्यान्डका ५२५ (६.८५) , अष्ट्रेलियाका २२९ (२.९९) र बेलायतका १८२ (२.३८) प्रतिशत पर्यटक नेपाल आएका छन्।

पर्यटकहरूले विशेषगरी काठमाडौं, पोखरा, लुम्बिनी, चितवन, गोरखा र मनकामना जस्ता धार्मिक र पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्न रुचाउने गरेका छन्।

पछिल्लो नौ महिनामा १०,९३० जना (३,२८८ नेपाली र ७,६४२ विदेशी) यस नाकाबाट नेपाल प्रवेश गरेका छन्।

महिनागत विश्लेषण गर्दा, पुस महिनामा सबैभन्दा बढी १,८५० विदेशी पर्यटक नेपाल प्रवेश गरेका थिए भने भदौ महिनामा सबैभन्दा कम, २१९ जना आएका थिए।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यस अवधिमा ९,९४२ विदेशी र २,६३६ नेपाली गरी कुल १२,५७८ जना काँकरभिट्टा नाका हुँदै बाहिरिएका छन्।

गत आर्थिक वर्षको तुलनामा यस वर्ष विदेशी पर्यटकको आगमनमा १०६ जनाको वृद्धि भएको छ।

अधिकारित भिसा सेवाहरूमा पर्यटक, नाता, वैवाहिक र गैर-आवासीय भिषा जारी तथा नवीकरण गरिएको छ।  

नौ महिनामा ६,६९१ पर्यटक भिसा, १२४ नाता भिसा, २६ वैवाहिक भिषा र ३६ गैर(आवासीय भिषा जारी गरिएको छ।

यो सेवाहरूबाट २ करोड ८० लाख ८० हजार ५ सय २० रुपैयाँ राजस्व संकलन भएको छ।  

चैत महिनामा मात्रै ३१ लाख २९ हजार ४ सय ११ रुपैयाँ राजस्व संकलन भएको छ, जसमा भुटानी पर्यटकको संख्या ४७.१२ प्रतिशत रहेको छ।

कुल २०,८७३ सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ भने १९ जटिल मुद्दाहरू थप प्रक्रियाका लागि काठमाडौं पठाइएका छन्।

समग्रमा, नेपाली नागरिकको आगमनमा केही कमी देखिए पनि विदेशी पर्यटकको संख्यामा आएको सुधारले पूर्वी नाकाको पर्यटन गतिविधिमा नयाँ उत्साह थपेको छ।

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X