एक वर्षमै ‘उपाय’को छलाङ : कारोबार ५४ प्रतिशत बढ्यो, ४० बाट ४०० सेवा केन्द्रमा विस्तार
काठमाण्डौ । नेपालमा ई–कमर्स र डिजिटल व्यापार विस्तारसँगै वस्तु भण्डारणदेखि ग्राहकको ढोकासम्म पुर्याउने एकीकृत लजिस्टिक्स सेवामा ठूलो लगानी हुन थालेको छ। यही क्रममा प्रविधिमा आधारित लजिस्टिक्स कम्पनी ‘उपाय’ले एक वर्षमै कारोबार ५४ प्रतिशतले बढाएको दाबी गरेको छ।सन् २०२० मा स्थापना भएको कम्पनीले छोटो समयमै कर्मचारी, शाखा, वितरण सञ्जाल र दैनिक पार्सल व्यवस्थापन क्षमतामा...

