अप्पर लोहरे खोला हाइड्रोपावर ६०.६६ लाख घाटामा, विद्युत बिक्री आम्दानी बढ्यो
काठमाण्डौ । अप्पर लोहरे खोला हाइड्रोपावर कम्पनी चालु आवको तेस्रो त्रैमाससम्म ६० लाख ६६ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी २ करोड १५ लाख रुपैयाँ घाटामा थियो ।विद्युत बिक्री आम्दानीमा आएको सुधारका कारण कम्पनीको घाटामा कमी आएको हो । कम्पनीले विद्युत बिक्रीबाट १ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने यस्तो रकम ९० लाख ४० हजार थियो ।

