बुधबार, श्रावण १३,२०८३ 04:04:52
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 04:04:52
Bizshala
Global IME Bank Limited

अप्पर लोहरे खोला हाइड्रोपावर ६०.६६ लाख घाटामा, विद्युत बिक्री आम्दानी बढ्यो

अप्पर लोहरे खोला हाइड्रोपावर ६०.६६ लाख घाटामा, विद्युत बिक्री आम्दानी बढ्यो
New Office

काठमाण्डौ । अप्पर लोहरे खोला हाइड्रोपावर कम्पनी चालु आवको तेस्रो त्रैमाससम्म ६० लाख ६६ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी २ करोड १५ लाख रुपैयाँ घाटामा थियो ।

विद्युत बिक्री आम्दानीमा आएको सुधारका कारण कम्पनीको घाटामा कमी आएको हो । कम्पनीले विद्युत बिक्रीबाट १ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने यस्तो रकम ९० लाख ४० हजार थियो ।

यस्तै कम्पनीको वित्तीय खर्च समेत घटेको छ । अघिल्लो आवमा १ करोड १८ लाख रुपैयाँ रहेको कम्पनीको वित्तीय खर्च घटेर ६० लाख ४५ हजारमा सीमित बनेको छ । कम्पनीको रिजर्भ भने ३ करोड ३१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

सो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस)१.१९ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९३.५० रुपैयाँ, मूल्य आम्दानी अनुपात ४५१.३० गुणा ऋणात्मक र तरलता अनुपात ०.५२ प्रतिशत कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.