शनिबार, फाल्गुन १०,२०८१ 08:27:13
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:27:13
IME remit
Global IME Bank Limited

अप्पर लोहरे खोला हाईड्रोले एक वर्षसम्म निकालेन रिपोर्ट, विद्युत नियमन बन्यो रमिते

Hyundai Nepal
अप्पर लोहरे खोला हाईड्रोले एक वर्षसम्म निकालेन रिपोर्ट, विद्युत नियमन बन्यो रमिते
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुल ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् । हालसम्म ९० वटा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय रिर्पोट सार्वजनिक गरिसकेका छन् ।  

तर नेप्सेमा सूचीकृत भई पब्लिक कम्पनी भइसकेको अप्पर लोहरे खोला हाइड्रोले भने एक वर्षदेखिको वित्तीय रिर्पोट सार्वजनिक गर्न सकेको छैन । कम्पनी २०८० असोज ७ गते नेप्सेमा सूचीकृत भएको हो । तर हालसम्म कम्पनीले त्रैमासिक रुपमा वित्तीय विवरण प्रकाशित गर्न नसक्दा आम लगानीकर्ताले कम्पनीको व्यवसाय र नाफा जस्ता वित्तीय अवस्थाको बारेमा बुझ्न पाएका छैनन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको अप्पर लोहरे खोला हाइड्रोले एकवर्षदेखिको वित्तीय विवरण सार्वजनिक नगर्दा कम्पनीको सुशासनमाथि नै प्रश्न खडा हुने अवस्था सिर्जना भएको छ ।  

हुन त नेप्सेमा सूचीकृत भएका अन्य कम्पनीहरुले पनि समयमै वित्तीय विवरण प्रकाशित गर्न नसक्दा ती कम्पनीहरुको वित्तीय सुशासनमाथि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बेला बेला स्पष्टीकरण सोध्ने गर्दछ ।  

समयमै वित्तीय विवरण सार्वजनिक नगर्ने विषयसँगै केही कम्पनीले वर्षौदेखि साधारणसभा नै नगरेको अवस्था पनि छ । पब्लिक कम्पनीमा रुपान्तरण भइसकेका त्यस्ता कम्पनीले समयमै रिर्पोट प्रकाशित नगर्दा र समयमै साधारण सभा नगर्दा कम्पनीको नाफा नोक्सानसहितको वित्तीय विवरण समेत पारित हुन सकेको छैन । जसकारण लगानीकर्ताले त्यस्ता कम्पनीबाट लाभांश पाउनबाट बञ्चित हुनुपर्ने अवस्था छ ।  

अप्पर लोहरे खोला हाइड्रोले समयमै वित्तीय विवरण प्रकाशित नगर्दा लगानीकर्ताले कम्पनीको नाफा नोक्सानसहितको वित्तीय अवस्थाको बारेमा जानकारी लिन पाएका छैनन् । साथै, समयमै साधारण सभा गर्न नसक्दा लाभांश पाउनबाट पनि लगानीकर्ता बञ्चित हुन सक्ने देखिन्छ ।  

समयमै वित्तीय विवरण प्रकाशित नगर्दा यो कम्पनीको सुशासनमाथि प्रश्न उठेको छ । धितोपत्र बोर्डले समेत यस्ता कम्पनीलाई बारम्बार सचेत गराउँदै आइरहेको छ, तर कम्पनीले धितोपत्र बोर्डलाई नै नटेरेको देखिन्छ ।  

नेपाल स्टक मार्केटको नियमन सेबोनले समयमै वित्तीय विवरण सार्वजनिक नगरेको र साधारण सभा नगरेका कम्पनीहरुलाई बारम्बार सचेत गराउँदै आएपनि त्यस्ता कम्पनीहरुले सेबोनको निर्देशन पालना नगरेको देखिन्छ ।

अप्पर लोहरे खोला हाइड्रोले सबै वित्तीय विवरण एकैपटक सार्वजनिक गर्ने जनाएको छ । मंसिर महिनामै वार्षिक साधारण सभा आह्वान गरेर सबै रिपोर्टहरु सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । त्रैमासिक रुपमा प्रकाशित हुनुपर्ने वित्तीय विवरण एकैपटक सार्वजनिक गर्ने निर्णय गर्दा कम्पनीको सुशासनमाथि नै प्रश्न उठ्न थालेको छ ।  

यता जलविद्युत् कम्पनीहरुको नियामक निकाय विद्युत नियमन आयोग पनि रमिते हेरेर बसेको देखिएको छ । अप्पर लोहरे खोला हाइड्रोले अहिलेसम्म वित्तीय विवरण प्रकाशित नगर्दा समेत नियमन आयोग भने बेखबर छ ।  

जसरी बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंक र बीमा कम्पनीलाई नेपाल बीमा प्राधिकरणले नियमन गरेको छ त्यसरी हाइड्रो कम्पनीलाई विद्युत नियमन आयोगले नियमन गरेको देखिएको छैन । अप्पर लोहरे खोला हाइड्रोले हालसम्म वित्तीय विवरण प्रकाशित नगर्दा विद्युत नियमनलाई थाहा नभएको र लगानीकर्ता वा कसैले निवेदन दिएमात्रै सो कम्पनीको बारेमा बुझ्ने नियमनका प्रवक्ता मुन देवि श्रेष्ठले बताईन् ।  

‘पब्लिक कम्पनी भइसकेपछि हाइड्रो कम्पनीहरुले त्रैमासिक रुपमा वित्तीय विवरण प्रकाशित त गर्नुपर्ने हो तर लगानीकर्ता वा कसैले निवेदन दिएमात्रै सो कम्पनीको बारेमा बुझेर स्पष्टिकरण सोध्नुपर्ने हुन्छ’ उनले भनिन्, ‘तर उक्त कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण भएको एक वर्ष मात्रै भएको छ । कम्पनीको हिसाब किताब मिलान गर्न समय लाग्ने हुनसक्छ । वा सो कम्पनीको नाफा नोक्सानसहितको वित्तीय विवरण प्रकाशित गर्ने समय लागेको हुन सक्छ ।’

जलविद्युत कम्पनीको नियामक निकाय नियमन आयोग तर जुन कम्पनीलाई नियमन गर्नुपर्ने हो सोही कम्पनीको अवस्थाको बारेमा जानकारी राख्न नसक्दा यतिबेला विद्युत नियमन आयोगमाथि नै प्रश्न उठेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.