काठमाण्डौ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१.५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले हकप्रद सेयर निष्काशन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतापत्रमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत सदिच्छा कार्की र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।
एनआईसी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चर सहित २० वटा कम्पनीको धितोपत्र निष्काशन र ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन कार्य सम्पन्न गरेको छ ।
उक्त निष्काशन तथा बिक्री प्रवन्धक सेवा मार्फत हाल सम्म रु.१९ अर्व ३४ करोड भन्दा बढी रकम समेत संकलन गरिदिन सफल भएको छ ।

