सोमबार, कार्तिक २,२०८३ 10:46:20
  • सोमबार, कार्तिक २,२०८३ 10:46:20
Global IME Bank Limited

अप्पर लोहोरे खोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

Bizshala
अप्पर लोहोरे खोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
New Office

काठमाण्डौ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१.५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीले हकप्रद सेयर निष्काशन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतापत्रमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत सदिच्छा कार्की र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

एनआईसी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चर सहित २० वटा कम्पनीको धितोपत्र निष्काशन र ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन कार्य सम्पन्न गरेको छ । 

उक्त निष्काशन तथा बिक्री प्रवन्धक सेवा मार्फत हाल सम्म रु.१९ अर्व ३४ करोड भन्दा बढी रकम समेत संकलन गरिदिन सफल भएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.