जीवन बीमा कम्पनीले संकलन गरे रु.५७.५२ अर्ब प्रिमियम, नेपाल लाइफको सर्वाधिक
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय उत्साहजनक रूपमा विस्तार भएको छ। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले असोज मसान्तसम्म कुल ५७ अर्ब ५२ करोड २० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।गत आर्थिक वर्षको यही अवधिमा यी कम्पनीहरुले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। यस आधारमा एक वर्षमै जीवन बीमा कम्पनीहरुको कुल...

