Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 05:06:34
Bizshala
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुले एक महिनामा संकलन गरे २६ अर्ब प्रिमियम, व्यवसायमा ३३% ग्रोथ

जीवन बीमा कम्पनीहरुले एक महिनामा संकलन गरे २६ अर्ब प्रिमियम, व्यवसायमा ३३% ग्रोथ
New Office

काठमाण्डौ । जीवन बीमा २६ अर्ब भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो महिनामा २६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् ।  

बीमकहरुको यो व्यवसाय गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ३३.४४ प्रतिशत बढी हो । गत आवको साउन महिनामा जीवन बीमकहरुले १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

सो अवधिसम्ममा सबै बीमा कम्पनीको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । सबैभन्दा धेरै व्यवसाय भित्र्याउनेमा नेपाल लाइफ रहेको छ । कम्पनीले ६ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीको यो व्यवसाय गत आवको तुलनामा १२.९३ प्रतिशत बढी हो ।  

त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ९९ करोड, नेशनल लाइफले २ अर्ब ९१ करोड, हिमालयन लाइफले २ अर्ब २९ करोड, एलआइसी नेपालले २ अर्ब १४ करोड, सूर्यज्योति लाइफले १ अर्ब ५१ करोड, एशियन लाइफले १ अर्ब ११ करोड, सिटिजन लाइफले ९६ करोड एक लाख, आइएमई लाइफले ९० करोड ९४ लाख, सानिमा रिलायन्स लाइफले ८५ करोड ४३ लाख, प्रभु महालक्ष्मी लाइफले ७६ करोड ११ लाख, रिलायबल नेपाल लाइफले ७० करोड ६६ लाख, मेट लाइफले ६० करोड २८ लाख र सन नेपाल लाइफले ४६ करोड ६९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।  

गत आवको तुलनामा यस अवधिसम्ममा सर्वाधिक व्यवसाय ग्रोथ गर्नेमा भने राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीले ८२० प्रतिशतले व्यवसाय ग्रोथ गरेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.