सोमबार, श्रावण १८,२०८३ 04:56:27
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:56:27
Bizshala
Global IME Bank Limited

जीवन बीमकहरुले संकलन गरे रु.२ खर्ब प्रिमियम, सरकारी कम्पनीको प्रदर्शन कमजोर

जीवन बीमकहरुले संकलन गरे रु.२ खर्ब प्रिमियम, सरकारी कम्पनीको प्रदर्शन कमजोर
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०८२÷८३ मा कुल २ खर्ब एक करोड ९१ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।  

बीमकहरुको यो व्यवसाय अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को तुलनामा १२.४३ प्रतिशत बढी हो । उक्त आवमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ७७ अर्ब ९० करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका थिए ।  

गत आर्थिक वर्षमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी बाहेकका सबै कम्पनीको व्यवसाय उल्लेखनीय बढेको छ ।  

सर्वाधिक नेपाल लाइफ इन्स्योरेन्सले ५३ अर्ब ६८ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । कम्पनीको व्यवसाय अघिल्लो आवको तुलनामा १२.३४ प्रतिशत वृद्धि भएको छ ।  

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले २४ अर्ब ६८ करोड, एलआइसी नेपाललले २१ करोड २३ लाख, हिमालयन लाइफले १८ अर्ब ५६ करोड, सूर्यज्योति लाइफले १२ अर्ब ९० करोड, एशियन लाइफले १० अर्ब ४३ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६४ करोड, सिटिजन लाइफले ९ अर्ब १६ करोड, सानिमा रिलायन्स लाइफले ७ अर्ब ९९ करोड, आइएमई लाइफले ७ अर्ब ४५ करोड, मेट लाइफले ६ अर्ब ८६ करोड, रिलायबल नेपाल लाइफले ६ अर्ब ४२ करोड, प्रभु महालक्ष्मी लाइफले ६ अर्ब ३३ करोड र सन नेपाल लाइफले ४ अर्ब ६३ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।  

अघिल्लो आवको तुलनामा गत आवमा सर्वाधिक व्यवसाय ग्रोथ गर्नेमा भने आइएमई लाइफ रहेको छ । कम्पनीको व्यवसाय ३७.९६ प्रतिशतले वृद्धि भएको छ । यता राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय भने २.१९ प्रतिशतले घटेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.