अमेरिकी सेयरबजारले बनायो नयाँ रेकर्ड
काठमाण्डौ । अमेरिकी सेयरबजार मापक इन्डेक्स डाउ जोन्स इन्डस्ट्रियल एभरेजले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबारको कारोबारमा डाउ जोन्स ०.४७ प्रतिशत अर्थात २१८ अंकले बढेर नयाँ रेकर्ड बनाएको हो । यो सँगै डाउ जोन्स इनडेक्स ४६ हजार ९२४ विन्दुमा बन्द भएको छ । कोका कोला र थ्रिएम जस्ता कम्पनीको आम्दानीमा देखिएको आकर्षक वृद्धिका कारण डाउ जोन्समा हरियाली छाएको हो ।