बुधबार, असार १०,२०८३ 11:34:14
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:34:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकी सेयर बजार नयाँ उचाई, कम्पनीहरुले अपेक्षा गरेभन्दा बढी आर्जन गरेसँगै बढ्यो लगानीकर्ताको मनोबल

Laxmi Sunrise Bank Limited
अमेरिकी सेयर बजार नयाँ उचाई, कम्पनीहरुले अपेक्षा गरेभन्दा बढी आर्जन गरेसँगै बढ्यो लगानीकर्ताको मनोबल

काठमाण्डौ । अमेरिकी सेयर बजारले नयाँ उचाई हासिल गरेको छ । अमेरिकाको एस एण्ड पी ५०० इनडेक्स ०.५४ प्रतिशतले बढेर ६ हजार २९७.३६ विन्दुमा बन्द भएको छ ।  

यो हालसम्मकै उच्च क्लोजिङ हो । यससँगै यो वर्ष एस एण्ड पी ५०० ले नवौंपटक नयाँ उचाई चुम्न सफल भएको छ । दिग्गज टेक कम्पनी नास्डकको सेयरमूल्य ०.७५ प्रतिशत बढेको छ । यससँगै यो कमपनीको सेयरमूल्यले यो वर्ष मात्रै दशौंपटक नयाँ रेकर्ड कायम गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

डाउ जोन्स इन्डस्ट्रियल एभरेज पनि ०.५२ प्रतिशत अर्थात २२९.७१ अंकले बढेको छ । यससँगै यो इनडेक्स ४४ हजार ४८४.४९ विन्दुमा बन्द भएको छ । डाउ जोन्स इन्डस्ट्रियलमा कारोबार भएको पेप्सिकोको सेयरमूल्य ७ प्रतिशत भन्दा बढीले बढेको छ । यस्तै युनाइटेड एयरलाइन्सको सेयरमूल्य पनि ३ प्रतिशतले बढेको छ । अपेक्षा गरेभन्दा राम्रो आम्दानी गरेका कारण यनी कम्पनीहरुको सेयरमूल्य वृद्धि भएको हो ।  

यो साता अधिकांश वालस्ट्रिट कम्पनीको त्रैमासिक प्रतिवेदनमा अपेक्षा गरेभन्दा बढी आम्दानी भएको देखिएको छ । जसले लगानीकर्ताको आत्मबल बढेको छ । मिडिया रिपोर्टहरुका अनुसार करिब ८८ प्रतिशत कम्पनीहरुको आम्दानी अपेक्षा गरेभन्दा बढी भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.