भदौ २२ गते चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा
काठमाण्डौ । बागमती प्रदेश सरकारले भदौ २२ गते सोमबार प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको हो।बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै ती तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा रहने जनाएको छ।

