बुधबार, श्रावण ६,२०८३ 01:13:57
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 01:13:57
Bizshala
Global IME Bank Limited

बागमतीमा सत्ता गठबन्धन भत्कियो, एमालेका ६ मन्त्रीको राजीनामा र समर्थन फिर्ता

बागमतीमा सत्ता गठबन्धन भत्कियो, एमालेका ६ मन्त्रीको राजीनामा र समर्थन फिर्ता
New Office

 

काठमाण्डौ ।  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। एमालेले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई पत्र पठाउँदै सरकारमा सहभागी सबै मन्त्रीले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन्। पार्टीको निर्णय र पछिल्लो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै राजीनामा दिइएको पत्रमा उल्लेख छ।

सरकारबाट बाहिरिनेहरूमा कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी, स्वास्थ्यमन्त्री किरण थापामगर र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ छन्।

 

यसअघि पनि एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका थिए। तर पार्टीको औपचारिक निर्देशन नआएका कारण राजीनामा केही दिन रोकिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूको सत्ता सहकार्यबारे छलफल भएपछि पार्टी नेतृत्वले सरकारबाट बाहिरिन स्पष्ट निर्देशन दिएको बताइएको छ।

एमालेले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेसका मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार राजनीतिक रूपमा अल्पमतमा परेको छ। बागमतीमा कांग्रेस र एमालेबीच साउन २०८१ देखि सत्ता सहकार्य हुँदै आएको थियो।

नेपालको संविधानअनुसार प्रदेश सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ। विश्वासको मत प्राप्त गर्न नसके सरकार गठनको नयाँ प्रक्रिया सुरु हुनेछ।

एमाले बाहिरिएपछि बागमती प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणका लागि दलहरूबीचको संवाद तीव्र हुने देखिएको छ। मुख्यमन्त्री बानियाँले अन्य दलको समर्थन जुटाएर सरकार जोगाउँछन् वा नयाँ गठबन्धनको सरकार बन्छ भन्ने विषय अबको राजनीतिक वार्ताले निर्धारण गर्नेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.