मंगलवार, भाद्र ९,२०८३ 12:56:39
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 12:56:39
Bizshala
Global IME Bank Limited

विश्वासको मत जुटाउन दोस्रोपटक मैदानमा मुख्यमन्त्री थापा

विश्वासको मत जुटाउन दोस्रोपटक मैदानमा मुख्यमन्त्री थापा
New Office

काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर सरकार जोगाउन आवश्यक विश्वासको मत जुटाउने दोस्रो प्रयासमा लागेका छन्। सत्ता गठबन्धनभित्रै देखिएको असन्तुष्टिका कारण सोमबार विश्वासको मत लिन नसकेका थापाले मंगलबार पुनः प्रदेशसभाको सामना गर्ने तयारी गरेका हुन्।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ। तर, सत्ता साझेदार दलभित्र कायम विवादका कारण सरकारको पक्षमा आवश्यक बहुमत जुट्ने कि नजुट्ने भन्ने अन्योल भने कायमै छ।

सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूचीसहित दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको थियो। तर, गठबन्धनभित्र सहमति जुट्न नसकेपछि बैठक निर्धारित समयमा बस्न सकेन। त्यसपछि बैठक साँझ ५ बजे, पुनः राति ८ बजेका लागि सारिएको थियो। राति ८ बजे पनि बैठक बस्न नसकेपछि अन्ततः मंगलबार दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको हो।

प्रदेश सरकारलाई समर्थन गर्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र देखिएको मतभेद र नेकपाभित्र मन्त्री छनोटलाई लिएर बढेको असन्तुष्टिले मुख्यमन्त्री थापालाई दबाबमा पारेको छ। यी दुई दलभित्रको आन्तरिक विवाद समाधान नभएसम्म विश्वासको मतको अंकगणित मुख्यमन्त्रीका लागि सहज देखिँदैन।

Bizshala
CG Motors

भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थापाले संवैधानिक व्यवस्थाअनुसार असोज ३ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। मुख्यमन्त्री नियुक्त हुँदा उनले ६३ सांसदको समर्थन रहेको दाबी गरेका थिए। तर, विश्वासको मत लिने बेला नजिकिँदै जाँदा गठबन्धनकै सांसद असन्तुष्ट बनेपछि उनको सरकार सुरुमै दबाबमा परेको देखिएको छ।

मुख्यमन्त्री थापाको पक्षमा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसद रहेको दाबी गरिएको थियो। यही समीकरणका आधारमा मन्त्रिपरिषद् विस्तारसमेत गरिएको थियो। तर, राप्रपाभित्र सरकारलाई समर्थन गर्ने विषयमा देखिएको दुई धार र नेकपाका केही सांसदको असन्तुष्टिले सरकारको समर्थन आधार कमजोर बनाएको छ।

प्रदेशसभामा राप्रपाका १२ सांसद छन्। ती सांसद दुई पक्षमा विभाजित भएकाले उनीहरूको समर्थन वा अनुपस्थितिले सरकारको भविष्यमा प्रत्यक्ष असर पार्न सक्छ। यस्तै, नेकपाका ९ सांसदले असन्तुष्टि जनाउँदै प्रदेशसभा बैठक बहिष्कार गर्ने अवस्था बनेपछि मुख्यमन्त्री थापाको पक्षमा आवश्यक मत जुटाउन थप कठिन भएको छ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री थापालाई कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमाले र नेकपाका सांसद संख्या जोड्दा ५१ मात्रै पुग्छ। त्यसैले सरकार जोगाउन उनलाई अन्य दल वा राप्रपाका कम्तीमा केही सांसदको समर्थन अनिवार्य देखिन्छ।

प्रदेशसभामा नेपाल मजदुर किसान पार्टीका ३, हाम्रो नेपाली पार्टीका २ र नेपाली कांग्रेसका ३६ सांसद छन्। यी दलहरू मुख्यमन्त्री थापाको विपक्षमा उभिने अवस्थामा सत्ता गठबन्धनभित्रकै मत एकीकृत गर्नु उनको सरकार टिकाउने मुख्य चुनौती बनेको छ।

सोमबार दिनभर बैठक सारेर पनि विश्वासको मत लिन नसकेका मुख्यमन्त्री थापाका लागि मंगलबारको बैठक राजनीतिक रूपमा निर्णायक हुने देखिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X