यात्रु घट्दा र इन्धन खर्च बढ्दा बुद्ध एयरको उडान रोकियो
काठमाण्डौं । नेपालगञ्ज–पोखरा सिधा हवाई सेवा पुनः केही समयका लागि स्थगित गरिएको छ। करिब पाँच वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको बुद्ध एयरको यो उडान यात्रु सङ्ख्या उल्लेख्य रूपमा घट्नु, सञ्चालन खर्च वृद्धि हुनु तथा बजार माग कमजोर बन्नुका कारण हालका लागि रोकिएको हो।

