बिहीबार, आश्विन २२,२०८३ 06:52:29
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 06:52:29
Bizshala
Global IME Bank Limited

बढी भाडामा टिकट बेचे कारबाही, भ्रामक स्क्रिनसटबाट सचेत रहन बुद्ध एयरको आग्रह

Bizshala
बढी भाडामा टिकट बेचे कारबाही, भ्रामक स्क्रिनसटबाट सचेत रहन बुद्ध एयरको आग्रह
New Office

काठमाडौं । बुद्ध एयरले आफ्नो आधिकारिक भाडादरभन्दा बढी रकम लिएर टिकट बिक्री गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।

कम्पनीले सामाजिक सञ्जाल तथा केही अनलाइन माध्यममा फोटोशप वा एआई प्रयोग गरी तयार पारिएका भ्रामक स्क्रिनसटमार्फत हवाई भाडाबारे गलत सूचना फैलाइएको दाबी गर्दै यात्रुलाई आधिकारिक स्रोतबाट मात्र जानकारी लिन आग्रह गरेको हो।

बुद्ध एयरका अनुसार काठमाडौंबाट धनगढीसम्मको एकतर्फी भाडा १० हजार ८ सय रुपैयाँमा उपलब्ध गराइँदै आएको छ। न्यूनतम भाडादरमा टिकट उपलब्ध गराइएकै कारण धेरै दिनका उडानका टिकट बिक्री भइसकेको कम्पनीले जनाएको छ।

रसुवा क्षेत्रमा आएको बाढी र पहिरोपछि सडक यातायात प्रभावित भएकाले यात्रुलाई सहज सेवा दिन बाटोघाटो सामान्य नहुन्जेल तथा दसैं–तिहार अवधिसम्म न्यूनतम भाडादर कायम गर्ने नीति लिएको बुद्ध एयरको भनाइ छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले आफ्नो आधिकारिक प्रणाली, वेबसाइट, मोबाइल एप वा मान्य बिक्री माध्यमबाहेक कुनै व्यक्ति वा ट्राभल एजेन्सीले अनधिकृत रूपमा बढी मूल्यमा टिकट बिक्री गरेको पाइए त्यसविरुद्ध कानुनी कदम चालिने स्पष्ट पारेको छ।

बुद्ध एयरले सामाजिक सञ्जालमा देखिएका स्क्रिनसट वा अपुष्ट विवरणका आधारमा हवाई भाडाबारे निष्कर्ष ननिकाल्न पनि आग्रह गरेको छ।

हाल काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढी रहेको र भित्रिने यात्रु तुलनात्मक रूपमा कम रहेको कम्पनीले जनाएको छ। काठमाडौं आउने यात्रुका लागि भने वेबसाइट र मोबाइल एपमार्फत प्रोमो कोडमा न्यूनतम भाडादरका अफरसमेत उपलब्ध गराइएको छ।

बुद्ध एयरले विपद् तथा चाडपर्वको समयमा यात्रुलाई सुरक्षित, सहज र किफायती सेवा दिने प्रतिबद्धता दोहोर्‍याएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.