दुई सिफ्ट अपरेशन थाल्ने वीर अस्पतालको तयारी, प्रयोगशालाको क्षमता वृद्धि
काठमाण्डौ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले बताए ।‘अहिले एक सिफ्टमा भईरहेको छ’, उनले भने, ‘एक साताभित्र दुई सिफ्ट अपरेशन गर्ने गरी व्यवस्था मिलाएका छौं ।’